देशभर ३७८ कोरोना संक्रमित थपिए
शनिबार देशभर ३ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौतमले आज ३ सय ७८ जनामा कोरोना संक्रमण देखिएको बताए।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो। आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २२ हजार ५ सय ९२ जना पुगेको छ।
आज ६ हजार २ सय ६ जना आइसोलेसनमा रहेका डा. गौतमले बताए।
शनिबार ४२५ जना उपचारपछि निको भइ डिस्चार्ज भएको भएका छन्।
हालसम्म नेपालमा १६ हजार ३ सय १३ जना संक्रमणबाट मुक्त भएका छन्। कोरोना संक्रमणको कारणले ७३ जनाको मृत्यु भएको छ।