नेपाली बजारमा बिजुलीबाट चल्ने मोटरसाइकल र स्कुटर
जिनियस र टेलजी ब्रान्डका विद्युतीय मोटरसाइकल अब नेपाली बजारमा पनि आएको छ।
चीनमा उत्पादन हुने यस्ता मोटरसाइकलकाे शाेरुम उद्घाटन शनिबार काठमाडौं नारायणचौरमा भयो। याेम माँ ई-माेटर्स प्रालिले दुई मोडलका मोटरसाइकल र दुई मोडलका स्कुटर बजार ल्याएको छ।
४ हजार वाटको मोटरसाइकल तीन युनिट बिजुलीमा पूरै चार्ज हुन्छ। यो एकपटक पूरै चार्ज गर्दा करिब १ सय किलोमिटरसम्म गुड्न सक्छ।
यो मोटर साइकल स्पोर्टस् र नेकेड भेरिएन्टमा उपलब्ध छन्।
जिनियस स्पाेर्टस् एक्सवाई४६ माेडलकाे मूल्य ४ लाख १६ हजार र नेकेड एक्स४६ माेडलकाे मूल्य ४ लाख २६ हजार रुपैयाँ ताेकिएकाे छ।
त्यस्तै स्कुटरहरू पनि अहिले दुई मोडल ल्याइएका छन्। ती मोडल लायन र टाइगर हुन्।
फुल चार्ज गर्दा स्कुटर करिब ९५ किलोमिटरसम्म गुड्छ।
दुवै माेडलका स्कुटरकाे मूल्य १ लाख ८३ हजार रुपैयाँ ताेकिएकाे कम्पनीले जनाएकाे छ।