प्रदेश २ मा थप ११७ जनामा कोरोना पुष्टि

प्रदेश २ मा थप ११७ जनामा कोरोना पुष्टि

प्रदेश २ मा थप ११७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्ला गरी ११७ जनामा संक्रमण पुष्टि भएको हो। ११७ जना थपिएसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ६३१ पुगेको छ।

शनिबार दुई महिला तथा दुई पुरुषसहित जनकपुरमा थप ४ जनामा संक्रमण पुष्टि भएको छ। यसका साथै धनुषाकै सहिदनगर नगरपालिका क्वारेन्टाइनका ५, मुखियापट्टी मुसहरनिया गाउँपालिका र विदेह नगरपालिकाका १/१, कमला नगरपालिकाका ३ र ठाउँ नखुलेको २ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

यसैगरी महोत्तरीको बर्दिवास नगरपालिकाका ११, औरही नगरपालिका, लोहारपट्टी नगरपालिका र ठाउँ नखुलेको १/१ जनामा संक्रमण पुष्टि भएको छ।
पर्साको वीरगंजसहित विन्दवासिनी गाउँपालिका, छिपरमाई गाउँपालिका, भौराटार हेल्थ पोष्ट, बहुअरी पिरारी, बहुदरमाई नगरपालिका, आर्मी ब्यारेक, बैरिया, गम्हरिया, नारायणी अस्पतालको क्वार्टर गरी ४७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

यसैगरी बाराको विश्रामपुर, कलैया उपमहानगरपालिका, मनहरवा र भलुही भरवलियाका १/१ र बहुअरी हेल्थ पोष्टका ३ जनामा संक्रमण पुष्टि भएको छ।

सर्लाहीको मलंगवा नगरपालिकास्थित पंचकुमारी ब्यारेकका १६, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका १५ र लालबन्दी नगरपालिकाका १ जनामा संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमणका कारण प्रदेश २ मा अहिलेसम्म २६ जनाको मृत्यु भएको निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार सबैभन्दा बढी पर्सामा १७, धनुषा, महोत्तरी र सिरहामा १/१ सप्तरी, रौतहत र बारामा २/२ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। यसैगरी शनिबार २८ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्।


Leave a Reply

Your email address will not be published.