सरकारी चिकित्सक संघको अध्यक्षमा डा. खड्का विजयी
सरकारी चिकित्सक संघ (गोदान) को अध्यक्षमा डा. रविन खड्का विजयी भएका छन्। चौथौं कार्यलयका लागि अध्यक्षमा खड्का विजयी भएका हुन्।
खड्का ४८० मत ल्याउँदै विजयी भए भने उनका प्रतिस्पधी डा. समाज गौतमले २ सय ३७ मत ल्याए। ७७६ जना मतदाता रहेकोमा ९४ प्रतिशतले मतदान गरेका गोदानले जनाएको छ।