कर्णालीमा थप ५ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घन्टामा कर्णालीमा थप पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा तीनजना, दैलेख अस्पताल र चौरजहारी नगरपालिका पिसिआर प्रयोगशाला रुकुम पश्चिममा गरिएको परीक्षणमा एक/एक जनामा कोरोनाको संक्रमण देखिएको हो।
संक्रमण हुनेहरूमा सुर्खेतका तीन, दैलेख र जाजरकोटका एक/एक जना रहेको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशकी जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले जानकारी दिइन। योसँगै कर्णालीमा कुल संक्रमिको संख्या एक हजार नौ सय ७० पुगेको छ।
यसका साथै शनिबार थप पाँचजना कोरोना संक्रमित उपचारपछि निको भएका छन्। यससँगै कर्णालीमा कोरोना संक्रमणबाट निको हुनेको संख्या एक हजार आठ सय ६८ रहेको छ।
कर्णालीमा हालसम्म संक्रमण पुष्टि भएका मध्ये ६ जनाको मृत्यु भएको छ। हाल ९६ जना संक्रिय संक्रमितको प्रदेशका विभिन्न आइसोलेसन सेन्टरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।