बाँकेमा थपिए २० कोरोना संक्रमित

बाँकेमा थपिए २० कोरोना संक्रमित

बाँकेमा एक हप्तादेखि जारी निषेधाज्ञाको अवधिमा पनि कोरोना संक्रमितको संख्या बढ्दो छ। य

निषेधाज्ञाको सातौं दिन शनिबार भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा गरिएको परीक्षणमा थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। २२ मध्ये २० जना बाँकेका रहेका छन्। 

भेरी अस्पतालको प्रयोगशालामा तीज सय वटा नमुना परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

शनिबार मात्रै बाँकेमा कोहलपुरका चार जना र नेपालगन्जका १६ जनामा कोरोना संक्रमण देखिएको छ भने बर्दियाका बाँसगढी नगरपालिकाका एक जना र गुलरिया नगरपालिकाका एक जना संक्रमित थपिएका छन्। शुक्रबार मात्रै बाँकेमा ४९ जना संक्रमित थपिएका थिए। निषेधाज्ञा जारी गर्दा पनि बाँकेमा दैनिक ठूलो संख्यामा संक्रमित फेला परिरहेका छन्।

शनिबार फेला परेका संक्रमितहरूमा नेपालगन्ज–६ निवासी ३ वर्षकी बालिका, नेपालगन्ज-१७ निवासी ४ वर्षिया बालक र ५ वर्षकी बालिकामा समेत संक्रमण देखिएको छ।  त्यस्तै नेपालगन्ज-१९ निवासी ११ वर्षकी बालिका र नेपालगन्ज-१६ निवासी ११ वर्षकी बालिकामा पनि संक्रमण देखिएको अस्पतालले जनाएको छ।

संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई कडाई गर्दै समय बढाइरहेको छ। गत शनिबारदेखि तीनदिनका लागि लागेको निषेधाज्ञा दोस्रो पटक चार दिन बढाएर शनिबारसम्म पु-याइएको थियो। 

शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञालाई थप तीन दिन थपेर मंगलबारसम्म बढाएको छ। अझ यही निषेधाज्ञाकै बीच नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न क्षेत्रलाई सिल समेत गरिएकोछ।


Leave a Reply

Your email address will not be published.