बुटवलमा समुदायस्तरका तीनजनामा कोरोना

बुटवलमा समुदायस्तरका तीनजनामा कोरोना

बुटवलमा समुदायस्तरमा गरिएको परीक्षणका क्रममा तीनजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिए नफैलिएको यकिन गर्न संकलन गरेका २ सय ३८ वटा स्वाब संकलन गरिएको थियो। त्यसमध्ये तीनजनाको रिपोर्ट पोजेटिभ आएको लुम्विनी प्रादेशिक अस्पतालका प्रवक्ता डा विष्णु गौतमले जानकारी दिए।

संक्रमण पुष्टि भएका एकजना लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुन्। यसअघि पनि लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा एकजनाको रिपोर्ट पोजेटिभ आएको थियो।

अर्का सिद्धार्थनगर नगरपालिका ठेगाना बताउने ४६ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। उनको रिपोर्ट शनिबार दिउसो आएको थियो। उनि फिभर क्लिनिकमा आएकामध्ये हुन। उनको फोन सम्पर्क हुन सकेको छैन्। अर्का संक्रमित भएका व्यक्ति बुटवल वडा नम्बर १३ का राजनीतिक पाटीका कार्यकर्ता हुन्।

यसअघि शुक्रबार र शनिबार बिहान गरी ६९ जनाको रिपोर्ट नेगेटिभ आएको छ। अस्पतालका अनुसार सबै जनाको रिपोर्ट अझै आइसकेको छैन्।


Leave a Reply

Your email address will not be published.