चितवनमा  प्रहरी र थुनुवामा पनि कोरोना संक्रमण

चितवनमा  प्रहरी र थुनुवामा पनि कोरोना संक्रमण

चितवनमा प्रहरी र  थुनुवामा समेत कोरोना भाइरस  देखिएको छ।  भरतपुरमा गरिएको परीक्षणका क्रममा ३ प्रहरी र १ थुनुवा सहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। चितवनका पुष्टिहुनेमा चितवनका ६जना रहेका छन्।

भरतपुर कोभिड १९ परीक्षण प्रयोगशालाले दिएको जानकारीअनुसार संक्रमितहरू ३ र १ जना थुनुवा समेत रहेका छन्। सुर्खेतबाट टाँडी सरुवा भएर आएका २२ बर्षिय पुरुष रहेका छन्। एक जना  ट्राफिक प्रहरी हुन्। उनी जिल्लामा कार्यरत रहेका थिए।

यस्तै जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका एक जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ। ५० जना भन्दा बढि थुनुवा रहेको हिरासतमा कोरोनाको जोखिम बढेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ।  

अहिले थुनुवालाई उपचारका लागि भरतपुर लैजाने तयारी भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सुर्यबहादुर थापाले जानकारी दिए। अन्य थुनुवालाई यथास्थानमा राखिएको छ।

साथै होम क्वारेन्टिनमा रहेको ६ वर्षीय बालकमा पनि कोरोना पुष्टि भएको छ। बालक भरतपुर–१ का हुन्। हिजो उनका बुवामा आमा पनि कोरोना संक्रमणदेखिएको थियो।

चितवनका ५ पुरुष र एक महिलामा कोरोना पोजेटिभ देखिएको हो। चितवन मेडिकल कलेजमा उपचाररत ३६ वर्षीय पुरुष र भरतपुर अस्प्तालबाट स्वाब लिइएकी ३१ वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ।


Leave a Reply

Your email address will not be published.