ढल्केबर ग्रिड शाखाका प्रमुख गुप्ता सवा करोडकाे चेकसहित सिन्धुलीमा पक्राउ 

ढल्केबर ग्रिड शाखाका प्रमुख गुप्ता सवा करोडकाे चेकसहित सिन्धुलीमा पक्राउ 

नेपाल विद्युत प्राधिकरण ढल्केबर ग्रिड शाखा धनुषाका कार्यालय प्रमुख उपप्रबन्धक १ करोड २४ लाख ९१ हजार १ सय ४५ रुपैयाँका चेकसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोय अनुसन्धान आयोगको बर्दिबासस्थित टोलीले उपप्रबन्धक रितेश गुप्तालाई सिन्धुली कमलामाई नगरपालिका-९ बाट शनिबार साँझ पक्राउ गरेको हो। 

अख्तियार प्रवक्ता तारानाथ अधिकारीका अनुसार भुक्तानीका लागि आवश्यक पर्ने कागजात स्वीकृत नहुँदै कार्यालय अन्तर्गत सञ्चालित विभिन्न योजनाहरूको भुक्तानी दिन पहिले नै चेक काटेर गुप्ता काठमाडौंतर्फ आइरहेका थिए। 

भ्रष्टाचारजन्य कार्यका लागि उक्त काम गरेको प्रारम्भिक सूचनाका आधारमा  गुप्तालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ। गुप्तालाई अख्तियारले आफ्नो न्यायिक हिरासतमा लिएको छ। 


Leave a Reply

Your email address will not be published.