स्पेनका पूर्वराजा साउदीमा
भ्रष्टाचारको आरोप लागेपछि देश छोड्ने घोषणा गरेका स्पेनका पूर्वराजा हुवाँ कार्लोस साउदी अरब पुगेका छन्।
स्पेनिस सञ्चारमाध्यम एनआइयुएसले एउटा तस्बिर सार्वजनिक गरेको छ। त्यसमा पूर्वराजा कार्लोस बिमानबाट ओर्लिंदै गरेको देखिन्छ।
उनी आबुधाबी पुगेको दाबी गरिएको छ।
उनले आबुधाबीस्थित एक पाँचतारे होटेलको पूरै फ्ल्याट बुक गरेको बताइएको छ।
स्पेनमा करिब ४० वर्ष शासन गरेका पूर्वराजा कार्लोसमाथि भ्रष्टाचारको मुद्दामा अनुसन्धामन भइरहेकै बेला उनले देश छाड्ने घोषणा गरेका थिए।
पाँच वर्षअघि सत्ता हस्तान्तरण गरेका ८२ वर्षीय कार्लोसले आफ्ना छोरालाई पत्र लेख्दै देश छाड्न लागेको बताएका थिए।
जुनमा स्पेनको सर्वोच्च अदालतले कार्लोस साउदी अरेबियाको रेल कम्पनीको ठेक्कामा संलग्न भएको भन्दै अनुसन्धान गर्न निर्देशन दिएको थियो।
उनलाई स्वीस बैंकमा समेत अवैध सम्पत्ति राखेको आरोप छ।
पूर्वराजा कार्लोसले सन् २०१४ मा राजगद्दी त्यागेका थिए।