पोखरामा उपचाररत कोरोना संक्रमितको मृत्यु

पोखरामा उपचाररत कोरोना संक्रमितको मृत्यु

पोखराका एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका ६२ वर्षे पुरुषको शनिबार राति साढे ११ बजे मृत्यु भएको हो। 

मृतक पुरुष पोखरा १९ का बासिन्दा हुन्। उनी मधुमेहबाट ग्रसित रहेको र आइसियुमा उपचारको क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए। 

योसहित पोखरामा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसअघि स्याङ्जाका दुई पुरुषको उपचारको क्रममा क्षेत्रीयअस्पतालकाे आइसोलेसनमा मृत्यु भएको थियो। गण्डकी प्रदेशमा भने मृतकको संख्या ५ पुगेको छ । गोरखा र बागलुङमा पनि एक÷एक संक्रमितको मृत्यु भएको छ। 

अब नेपालमा काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ७४ पुगेकाे छ। 


Leave a Reply

Your email address will not be published.