सञ्जय दत्त अस्पताल भर्ना

सञ्जय दत्त अस्पताल भर्ना

बलिउड सुपरस्टार सञ्जय दत्तलाई अस्पताल भर्ना गरिएको छ। स्वासप्रश्वासमा समस्या आएपछि उनलाई शनिबार राति मुम्बइको लीलावती अस्पतालमा भर्ना गरिएको हो। 

केही समयअघि मात्रै उनको कोरोना रिपोर्ट निगेटिभ आएको थियो। 

चिकित्सकहरुका अनुसार उनलाई ‘नन–कोभिड’ वार्डको आइसियू कक्षमा भर्ना गरिएको छ। 

सञ्जयले ट्वीट गर्दै भनेका छन् ‘म सबैलाई आश्वस्त पार्न चाहन्छु कि, मलाई ठीक भइरहेको छ। अहिले म अस्पतालको रेखदेखमा छु। मेरो कोभिड रिपोर्ट नेगेटिभ आएको छ। लीलावती अस्पतालमा डाक्टर, नर्स तथा स्टाफहरुको सहयोगले म एक दुई दिनमै घर फर्किन सक्नेछु। तपाईँहरुको शुभकामना र आर्शिवादका लागि धन्यवाद।’ 

अहिले उनकी पत्नी मान्यता तथा दुबै बच्चाहरु दुबइमा छन्। 

 


Leave a Reply

Your email address will not be published.