अनसनरत युवा र सरकारबीच १३ बुँदे सहमति, सत्याग्रही ई. को ‘औंठाछाप’
सरकार र अनसनरत युवाहरुबीच १३ बुँदे सहमति भएको छ।
स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र अनसन बसेका अभियन्ता ‘ई.’बीच शनिबार सहमति भएको छ।
सरकार र अनसनरत युवाबीच संक्रमण पत्ता लगाउन प्रयोगशालामा पिसिआर विधि प्रयोग गर्ने, परीक्षण बढाउनका लागि प्रयोगशाला सामग्री, र दक्ष जनशक्तिको पर्याप्त व्यवस्था गर्ने, परीक्षणको नतिजा जतिसक्यो चाँडै उपलब्ध गराउनेलगायत छन्।
सहमतिमा सत्याग्रही ‘ई.’ले औठा छाप लगाएका छन् भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तर्फबाट सरकारी छाप लगाइएको छ।
अनसन बस्दा स्वास्थ्य अवस्था कमजाेर भएर ह्याम्स अस्पतालमा भर्ना भएका उनीहरुले यो सहमतिपछि आज अनसन तोड्नेछन्। केहीबेर पछि अस्पतालमै पत्रकार सम्मेलन गरेर अनसन तोड्ने उनीहरुले जनाएका छन्। उनीहरु २३ दिन अनसन बसेका छन्।