गोंगबुमा सुटकेसभित्र टाउको नभएको शव

गोंगबुमा सुटकेसभित्र टाउको नभएको शव

गोंगबु बसपार्कनजिक एक व्यक्तिको हत्या भएको छ। सुटकेसभित्र टाउको नभएको अवस्थामा आइतबार बिहान शव फेला परेको हो। महानगरीय अपराध महाशाखाका अनुसार ३ सय मिटर पर टाउको फेला परेको छ। 

‘शव कसको हो भन्ने पहिचान भएको छैन, विभत्स तरिकाले हत्या गरेको अवस्थामा शव फेला परेको छ,’ महाशाखा प्रमुख एसएसपी दीपक थापाले भने। 

हत्या भएको स्थानमा महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी ज्ञवाली, महाशाखा प्रमुख थापालगायत प्रहरी अधिकारीहरू पुगेका छन्।

घटनास्थलमा प्रहरी टोलीले अनुसन्धान थालेको थापाले बताए।
 


Leave a Reply

Your email address will not be published.