सुनको भाउ तोलामा ९ सयले घट्यो, चाँदीकाे भाउ बढ्याे

सुनको भाउ तोलामा ९ सयले घट्यो, चाँदीकाे भाउ बढ्याे

नेपाली बजारमा लगातार नयाँ रेकर्ड कायम गर्दै आएको बहुमूल्य पहेँलो धातु सुनको भाउ साताको पहिलो दिन आइतबार घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेर १ लाख २ हजार ६ सय रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेर तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो।

गत बिहीबार तोलाको १ लाख २ हजार ५ सयमा किनबेच भएको थियो। 

महासंघका अनुसार तेजाबी सुन पनि तोलामा ९ सय रुपैयाँले घटेको छ। तेजाबी सुन आइतबार तोलाको १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

तेजाबी सुन शुक्रबार तोलाको १ लाख ३ हजार रुपैयाँमा किनबेच भएको थियो। बिहीबार तेजाबी सुन तोलाको १ लाख २ हजार थियो।  

चाँदीको भाउ भने बढेको छ। शुक्रबार चाँदीको भाउ तोलामा ६० रुपैयाँले बढेकामा आइतबार ५ रुपैयाँले बढेको छ। 

महासंघका अनुसार आइतबार चाँदी तोलाको १ हजार ४ सय १० रुपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार शुक्रबार चाँदी तोलाको १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भएको थियो।
 


Leave a Reply

Your email address will not be published.