मुकेश अम्बानी बने विश्वका चौथो धनी, एक वर्षमै २२ अर्ब डलरले बढ्यो सम्पत्ति 

मुकेश अम्बानी बने विश्वका चौथो धनी, एक वर्षमै २२ अर्ब डलरले बढ्यो सम्पत्ति 

भारतीय उद्योगपति एवं रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी विश्वकै चौथो धनी बनेका छन्। 

ब्लुमबर्ग बिलेनियर इन्डेक्सका अनुसार युरोपेली लक्जरी कम्पनी लुईं विटोँका मालिक बर्नार्ड आर्नल्टलाई उछिन्दै अम्बानी चौथो स्थानमा उक्लिएका हुन्। 

अम्बानीको कूल सम्पत्ति ८० अर्ब ६० करोड डलर पुगेको छ। जबकि, नेटवर्थको सम्पत्ति घटेर ८० अर्ब २० करोड डलरमा सीमित बनेको छ। सन् २०२० मा मात्रै अम्बानीको सम्पत्तिमा २२ अर्ब डलरको वद्धि भएको छ। 

अम्बानीले ई–कमर्शमा लगानी बढाइरहेका छन्। अम्बानीको स्वामित्वमा रहेको व्यापारिक समूह रिलायन्स इन्डिस्ट्रिजको डिजिटल व्यवसायमा फेसबुक, सिल्भरलेक, गुगललगायत कम्पनीबाट २० अर्ब डलरभन्दा धेरै लगानी भित्रिएपछि रिलायन्सको शसेयर मूल्य आकासिएको छ।

अमेजनका मालिक जेफ बेजोस धनाढ्यको पहिलो नम्बरमा छन् भने दोस्रो नम्बरमा माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्स छन्। 

उनीहरूको सम्पत्ति क्रमशः १ खर्ब ८७ अर्ब डलर र १ खर्ब २१ अर्ब डलर छ। तेस्रो नम्बरमा रहेका फेसबुकका मार्क जुकरबर्गको कूल सम्पत्ति १ खर्ब २ अर्ब डलर छ।
 


Leave a Reply

Your email address will not be published.