यसरी अनसन तोडे युवा ‘सत्याग्रही’ ले

यसरी अनसन तोडे युवा ‘सत्याग्रही’ ले

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको सम्झौतापछि ‘इनफ इज इनफ’ का अभियन्ताले अनसन तोडेका छन्।
सरकारसँगको १३ बुँदे सम्झौतापछि उनीहरूले २३औं दिनमा अनसन तोडे। 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले अनसनरत युवा ‘ई’ लाई  पानी खुवाएर अनसन तोडाएका हुन्।

‘सरकार र अभियानबीच २०७७ असार २२ गते पहिलो चरणको सम्झौता भएको विदितै छ। तर सरकारबाट सम्झौता पालना नहुँदा बाध्यतावस  साउन ३ गते वसन्तपुरबाट दोस्रो चरणको सत्याग्रह आरम्भ गर्नुपर्ने अवस्था आइलागेको थियो,’ अनसन समापनपछि विज्ञप्तl निकालेर अभियानले भनेको छ, ‘महामारीको चाप दिन प्रतिदिन द्रुतरूपमा बढिरहेको बेला, सम्झौताप्रति इमानदार रही कोभिड–१९ को सबल व्यवस्थापन गर्न सरकारसँग विनम्र आग्रह गर्दछौं। कुनै बहानामा देश र जनतालाई आघात पुग्ने गरी महामारीको मलजल नहोस् भन्ने हाम्रो निश्वार्थ अपेक्षा हो।’ 


Leave a Reply

Your email address will not be published.