भारतीय विदेशमन्त्रीलाई कांग्रेसको जवाफ : बुद्ध नेपालमा जन्मिएका हुन्

भारतीय विदेशमन्त्रीलाई कांग्रेसको जवाफ : बुद्ध नेपालमा जन्मिएका हुन्

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भारतीय विदेशमन्त्री एस जयशंकरको अभिव्यक्तिको खण्डन गरेका छन्।

रहेको पौराणिक र प्रमाणित तथ्यविरुद्ध भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति छ’ भनेका हुन्।

‘आवेगको जवाफमा आवेग, पस्किएर नेपाल र नेपालीको संवेदनशीलतामा चोट पुर्‍याउने कार्य हाम्रा लागि किमार्थ स्वीकार्य छैन,’ उनले भनेका छन्।

भारतीय विदेशमन्त्री जयशंकरले ‘कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रि’ द्वारा शनिबार आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा भनेका थिए, ‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुई जनालाई हो। पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी।’ 

शर्माल एक अर्काे ट्वीट गर्दै ‘बुद्ध नेपालमा जन्मिएका हुन भनेर संसारमा कहिँबाट दर्ता प्रमाण हामीले नमागेको’ बताएका छन्।

‘भारतीय भुमिबाट विगतमा आएका टिप्पणी पनि ‘नेपाल बुद्ध भुमी हो’ भनेर स्वयं भारतीय प्रम नरेन्द्र मोदीले हाम्रो संसदमा बोलेपछि खारेज भैसकेको हो,’ उनले भनेका छन्, ‘फेरि पनि आपत्तिजनक टिप्पणी अत्यन्तै दुःखद छ।’

शर्माले अध्योध्यापुरीबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको पनि आलोचना गरेका छन्। प्रम ओलीले आफूलाई भेटन शनिबार बालुवाटार पुगेका चितवनको माडीका जनप्रतिनधिलाई अध्योध्यापुरीमा ‘अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउन’ भनेका थिए।

ऐतिहासिक तथ्य र प्रमाणका आधारमा राम जन्मभूमि माडीको अयोध्यापुरीमै भएको भन्दै ओलीले मन्दिर निर्माणलगायत काममा सरकारका तर्फबाट पनि सहयोग उपलब्ध हुने बताएका थिए। 

शर्माले ‘आवेगको जवाफमा आवेग दुवै देशको हितमा छैन’ भनेका छन्।

‘राम जन्मभूमिको प्रश्न होस् या बुद्ध जन्मभुमिको, आपसी संवेदनशीलताको हेक्का नराखेर गरिने टिप्पणीले गहिरो चोट छोड्न सक्छन्, मुल बिषय मोड्न सक्छन् तर दीर्घकालीन हितमा हृदय जोड्न सक्दैनन्,’ उनले भनेका छन्।

शर्माले एक अर्काे ट्वीट गर्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका छन्, ‘भक्त चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने ? द्वन्द्वात्मक भौतिकवादको यो कस्तो अध्यात्मिक अवतार?’ 

यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान्? भन्दै उनले कार्ल मार्क्सको आत्मालाई शान्ति मिल्ला कि ‘मिशन लिम्पियाधुरा’ लाई बल पुग्ला भनेर प्रम ओलीलाई मेन्सन गरेका छन्।

 


Leave a Reply

Your email address will not be published.