उपचार नपाएर बिरामीको मृत्यु भएपछि वीरगन्जवासीको प्रदर्शन, डाक्टरको गाडी तोडफोड

उपचार नपाएर बिरामीको मृत्यु भएपछि वीरगन्जवासीको प्रदर्शन, डाक्टरको गाडी तोडफोड

अस्पतालमा उपचार नपाएर बिरामीको मृत्यु हुन थालेको भन्दै वीरगन्जका स्थानीयले नारायणी अस्पतालअघि प्रदर्शन गरेका छन्। 

शुक्रबार कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि २० वर्षीया युवतीको मृत्यु भएको थियो। प्रदर्शनकारीले अस्पतालमा ढुङ्गामुढासमेत गरेका छन्। 

मृतकका आफन्त तथा स्थानीय युवाले डाक्टरको गाडीसमेत तोडफोड गरेका छन्। त्यस्तै अस्पताल पनि तोडफाेड भएको छ।

सरकारी अस्पताल नारायणी अहिले बन्द छ। 

याे अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई काेराेना संक्रमण भएपछि अस्पतालबन्द गरिएको हो। अहिले सरकारले गण्डक अस्पताल र वीरगन्ज हेल्थकेयरलाई काेराेना अस्पतालका रुपमा सम्झाैता गरेकाे छ। 

स्थानीयले सरकारी अस्पताल बन्द हुँदा उपचार नपाएर बिरामी मर्न थालेकाे भन्दै अस्पताल खाेलेर सेवा सुरु गर्न माग गरेका छन्। 

र, याे  पनि

एम्बुलेन्स आएन, रिक्सा चढेर सात अस्पताल चहारेपछि मृत्यु भयो


Leave a Reply

Your email address will not be published.