भारतीय दूतावासका कर्मचारी, स्वास्थ्यकर्मी तथा प्रहरीसहित वीरगन्जमा ७५ जना संक्रमित

भारतीय दूतावासका कर्मचारी, स्वास्थ्यकर्मी तथा प्रहरीसहित वीरगन्जमा ७५ जना संक्रमित

वीरगञ्जमा थप ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा शनिबार राति गरिएको पिसीआर परीक्षणमा भारतीय दुतावासका कर्मचारी सहित ७५ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। 

शनिबार राति १५ जना महिलासहित ७५ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाकारी दिए।

उनको अनुसार संक्रमितमध्ये ३ जना बारा र एकजना सर्लाहीका रहेका छन भने बाँकी पर्साका छन्। 

संक्रमित हुनेमा १२ वर्षका देखि ६८ वर्ष सम्म रहेका छन्। 

वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख अरुणकुमार महतोमा पनि कोरोना संक्रमण देखिएको छ।

शनिबार राति ७५ जनामा पुष्टि हुनेमध्ये जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत ९ जना प्रहरी रहेका छन्। संक्रमितमध्ये ८ जना संक्रमितमा ज्वरो र खोकीका लक्षणसमेत देखिएको छ। ७५ जना संक्रमितमध्ये २९ जना कन्ट्याक्ट ट्रेसिङको क्रममा कोरोना पोजिटिभ देखिएका हुन्। 

पैसा तिरेर परीक्षणका लागि आएका ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाका बासिन्द रहेका छन्। ७ जना संक्रमित वीरगन्जको गणेश टोलका बासिन्दा हुन्। पर्सा जिल्ला पर्सागढी नगरपालिका वडा नम्बर ६ का ३ जना पुरुष, विन्दवासिनी गाउँपालिका वडा नम्बर ४ अमरपट्टीका ३ जना, पकहामैनपुरु गाँउपालिकाका २ जना रहेका छन् भने बहुदरमाई नगरपालिकाका, पर्सागढी नगरपालिका र पटेर्वा सुगौली गाँउपालिकाका १/१ जना रहेका छन्।


Leave a Reply

Your email address will not be published.