भारतद्वारा नेपाली सेनालाई १० थान भेन्टिलेटर सहयोग

भारतद्वारा नेपाली सेनालाई १० थान भेन्टिलेटर सहयोग

भारतले नेपाली सेनालाई १० थान भेन्टिलेटर सहयोगस्वरुप दिएको छ। 

कोभिड-१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७ को सफल कार्यान्वयनमा सहयोग पुर्‍याउने उद्देश्यले भारतले नेपाली सेनालाई ती भेन्टिलेटर दिएको हो। 

सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार दुई करोड ८० लाख भारतीय रुपैयाँ बराबरका उक्त भेन्टिलेटर आइतबार प्राप्त भएको छ। 

जंगीअड्डामा आयोजित एक कार्यक्रमबीच भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई भेन्टिलेटर हस्तान्तरण गरे। भेन्टिलेटर हस्तान्तरणपछि प्रधानसेनापति थापाले मित्रराष्ट्रबाट प्राप्त सहयोगप्रति आभार र धन्यवाद व्यक्त गरेका थिए। 

सहयोगस्वरूप प्राप्त भेन्टिलेटरलाई नेपाली सेनाको कोभिड अस्पताल वीरेन्द्र सैनिक वा अन्य कोभिड अस्पतालमा प्रयोग गर्नेबारे छलफल भइरहेको सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले बताए। 

वीरेन्द्र सैनिक अस्पताललाई हालै सरकारले कोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने निर्णय गरेको थियो। त्यहाँ २० शैयाको भेन्टिलेटर छ। 
 


Leave a Reply

Your email address will not be published.