सवारी दुर्घटनामा एकजनाको मृत्यु

सवारी दुर्घटनामा एकजनाको मृत्यु

भक्तरपुरमा भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। 

भक्तपुर नगरपालिका वडा नं १० बस्ने २९ वर्षीय सुमन श्रेष्ठको मृत्यु भएको हो। 

जगातीचोक स्थित च्यामासिंहबाट जगातीचोकतर्फ जाँदै गरेको बा. १९ च ३३८४ नम्बरको गाडी र विपरीत दिशाबाट आउँदै गरेको बा. ६६ प २८१० नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।

उपचारका लागि भक्तपुर अस्पताल लगिएका सुमनकाे उपचार क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाइएको छ। 

गाडी चालक जिल्ला रामेछाप सुनापती गाउपालिका-७ खनियापानी घर भई हाल जिल्ला काठमाडाैं शंखमुल बस्ने २१ वर्षीय नारायणबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 
 


Leave a Reply

Your email address will not be published.