‘बोक्सी’ भन्दै कुटपिट गरेको अभियोगमा दुई पक्राउ
‘बोक्सी’ भन्दै कुटपिट गरेको अभियोगमा दुईजनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा नुवाकोट बेलकोटगढी नगरपालिका-१ घर भई नवलपरासी देउचुली नगरपालिका-४ बस्ने ५६ वर्षीय बुद्धि पुडासैनी र सोही स्थानकी ३७ वर्षीया यममाया कुमाल छन्।
रामपुर नगरपालिका-८ सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा उनीहरूले एक पुरुष र एक किशोरीलाई झारफुक गर्ने बहानामा कुटपिट गरी घाइते बनाएका थिए।
पुरुषलाई बोक्सी आरोप लगाएर कुटपिट गरेको थाहा भएपछि इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले कुटपिट गर्ने बुद्धि र यममायालाई पक्राउ गरेको हो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको पाल्पा प्रहरीले जनाएको छ।