भक्तपुरका २२ महिने बालकमा कोरोना पुष्टि

भक्तपुरका २२ महिने बालकमा कोरोना पुष्टि

भक्तपुरका २२ महिने बालकमा कोरोना पुष्टि भएको छ। उनीसँगै आमा र बुबालाई पनि संक्रमण भएको छ। 

भक्तपुर सुर्यविनायक नगरपालिका-८ खापी निवासी यो एक प्रहरीको परिवार हो। प्रहरी मुख्यालय नक्सालमा कार्यरत प्रहरी जवानलाई साउन १९ मा कोरोना संक्रमण पुष्टि भएको थियो। 

त्यसपछि उनका २८ वर्षीय श्रीमती र २२ महिने बच्चालाई समेत कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए। 

बालकको हात भाँचिएपछि उपचारका लागि भक्तपुर भिसिँखेलमा रहेको सिद्धिस्मृति अस्पताल लगिएको थियो। 

त्यहाँ उपचार हुन नसेपछि थप उपचाका लागि भक्तपुर सल्लाघारीस्थित डा. ईवामुरा अस्पताल लगिएको थियो। उपचारअघि स्वाब परीक्षणका लागि पठाएको रिपाेर्टमा आमा र बालक दुवैमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले शनिबार पुष्टि गरेको थियो। 

संक्रमित आमा र बालक दुवैलाई थप उपचारका लागि काठमाडौं प्रहरी अस्पताल लगिएको छ। प्रहरी जवानको भक्तपुर दुवाकोटमा रहेको केएमसी अस्पतालमा उपचार भइरहेको स्वस्थ्य कार्यालय भक्तपुरका प्रमुख मिजारले बताए।

संक्रमित बसोबास गर्ने सिपाडोल-८ खापी क्षेत्रमा सिल गरिएको वडाध्यक्ष किरण थापाले जानकारी दिए। 

बालकको उपचारमा संलग्न ईवामुरा अस्पतालका १० कर्मचारी र तीन चिकित्सकलाई आइसोलेसनमा राखिएको अस्पतालका व्यवस्थपक रञ्जित मारिखुले जानकारी दिए।


Leave a Reply

Your email address will not be published.