बागलुङ ढोरपाटन नगरपालिकाका इञ्जिनियरविरूद्ध विशेष अदालतमा मुद्दा

बागलुङ ढोरपाटन नगरपालिकाका इञ्जिनियरविरूद्ध विशेष अदालतमा मुद्दा

बागलुङ ढोरपाटन नगरपालिकाका इञ्जिनियर मिलन अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारीमाथि एक लाख बिगो कायम गरी आइतबार अदालतमा मुद्दा दायर गरेको हो। 

अधिकारीलाई आयोगको पोखरास्थित कार्यालयले एक लाख रुपैयाँ घुससहित रंगेहात नियन्त्रणमा लिएको थियो। 

अनुसन्धानको सिलसिलामा अधिकारीले सेवाग्राहीसँग गुजा-सिलगुम-ओखरधारा-खोलेसिबाङ सडक निर्माण योजनाको अन्तिम मूल्याङ्कन बनाउने प्रयोजनको लागि एक लाख रुपैयाँ घुस लिएको पुष्टि भएको अख्तियार प्रवक्ता तारानाथ अधिकारीले बताए। 

यस्तै, घरेलु तथा साना उद्योग कार्यालय, नेपालगञ्ज बाँकेका उद्योग अधिकृत हुकुमबहादुर ओलीविरुद्ध ९६ हजार ३०० रुपैयाँ बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको छ। ठेक्का पट्टाको अनुमति-पत्र (लाइसेन्स) बनाइदिने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस लिँदै गर्दा ओलीलाई बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको थियो। 

पक्राउपछि अनुसन्धान हुँदा ओलीले सेवाग्राहीले पेश गरेका कागजातहरू पूरा भएका छैनन्, बाँकी रहेका कागजात पेश नगरे काम नहुने डर-त्रास देखाएर घुस मागेको पत्ता लागेको अख्तियारले जनाएको छ।


Leave a Reply

Your email address will not be published.