न्यूनतम कर्मचारीबाट सेवा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन

न्यूनतम कर्मचारीबाट सेवा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन

नेपाल राष्ट्र बैंकले न्यूनतम कर्मचारीबाट बैंक तथा वित्तीय संस्थाका सेवा सञ्चालन गर्न निर्देशन दिएको छ।

सरकारले काठमाडौं उपत्यका र कोरोनाका सक्रिय संक्रमित २ सय नाघेका जिल्लामा सवारीसाधनमा जोरबिजार प्रणाली लागू गर्नका साथै विभिन्न क्षेत्रमा लकडाउन/निषेधाज्ञा जारी भएका बेला केन्द्रीय बैंकले ‘वर्क फ्रम होम’ को व्यवस्था मिलाइ कार्यसम्पादन गराउन सकिने भनेको हो।

राष्ट्र बैंकले भनेको छ, ‘प्रदेशस्थित शाखा कार्यालयको हकमा सम्बन्धीत प्रदेश सरकार, स्थानीय तह र स्थानीय प्रशासन मार्फत हुने निर्णय वा सूचनालाई समेत आधार मानी प्रदेश कार्यालयसँगको समन्वयमा न्यूनतम कर्मचारीबाट बैंक तथा वित्तीय संस्थाको सेवा सूचारु गर्ने तथा वैकल्पिक रुपमा सञ्चालन गर्न सकिने शाखामा आलोपालो सञ्चालन गर्ने व्यवस्था मिलाउने।’

केन्द्रीय बैंकले सेवा प्रवाहमा निरन्तरताका लागि ‘व्यवसाय निन्तरता कार्ययोजना’ तयार गरी कोरोना संक्रमणको जोखिम व्यवस्थापन गर्न आवश्यकता अनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउन भनेको छ।


Leave a Reply

Your email address will not be published.