बलात्कार आरोपका फरार अभियुक्त पाँच वर्षपछि पक्राउ
जिल्ला अदालत कैलालीबाट बलात्कार आरोपमा कैद सजाय तोकिएका फरार अभियुक्तलाई प्रहरीले पाँच वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलालीको गौरिगंगा नगरपालिका–३ का २१ बर्षे अर्जुन चौधरी रहेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
चौधरीले २०७२ साउन १३ गते गौरिगंगा ३ कुचैनीकी ३ वर्षीया बालिकालाई राती ११ बजे घरबाट उठाएर लगि बलात्कार गरेको प्रमाणित भएपछि जिल्ला अदालत कैलालीले २०७३ जेठ २७ गते ९ वर्ष ३ महिना कैद र २५ हजार जरिवाना गराउने फैसला सुनाएको थियो।
अदालतले फैला सुनाएकै दिनबाट चौधरी फरार रहेका थिए। उनलाई प्रहरीले शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रबक्ता प्रहरी निरीक्षक हिक्मत बहादुर थापाले बताए। पक्राउ परेका चौधरीलाई अदालतमा बुझाइएको उनले बताए।