देशभर थप ३८० जनामा संक्रमण पुष्टि, मृतक संख्या ७५ पुग्यो

देशभर थप ३८० जनामा संक्रमण पुष्टि, मृतक संख्या ७५ पुग्यो

देशभर आज थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले आज ३ सय ८० जनामा कोरोना संक्रमण देखिएको बताए।

८ हजार ५ सय १५ जनाको विभिन्न परीक्षण गरिएको मध्ये ३ सय ८० जनामा कोरोना पुष्टि भएको हो। आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २२ हजार ९ सय ७२ जना पुगेको छ।

आज ६ हजार ५ सय ५४ जना आइसोलेसनमा रहेका डा. गौतमले बताए। हाल ११ हजार ३८ जना क्वारेन्टाइनमा छन्।

आइतबार थप ४० जना उपचारपछि निको भइ डिस्चार्ज भएको भएका छन्। यो सहित १६ हजार ३ सय ५३ जना संक्रमण मुक्त भएका छन् । जुन कुल संक्रमित मध्ये निको हुने प्रतिशत ७१ हो।

कोरोना संक्रमणको कारणले ७५ जनाको मृत्यु भएको छ।


Leave a Reply

Your email address will not be published.