धरानमा दुईजना चिकित्सकमा कोरोना संक्रमण

धरानमा दुईजना चिकित्सकमा कोरोना संक्रमण

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत दुईजना चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले दिएको जानकारी उनीहरू प्रतिष्ठानको इएनटी र बायोकेमेष्टी विभागमा कार्यरत चिकित्सक हुन्। दुवै चिकित्सक पुरुष  हुन्।

उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ। दुवै जना चिकित्सकले शंका लागेर पिसिआर जाँच गराएको सापकोटाले बताए। प्रवक्ता सापकोटाले अहिले त्यहाँ कन्ट्याक ट्रेसिङको काम भइरहेको जनाए।


Leave a Reply

Your email address will not be published.