प्रदेश सांसद नमुनामा कोरोना संक्रमण पुष्टि

प्रदेश सांसद नमुनामा कोरोना संक्रमण पुष्टि

प्रदेश नम्बर ५ की सांसद कृष्णा केसी (नमुना) मा कोरोना संक्रमण पुष्टि भएको छ। बाँकेमा कोरोनाविरुद्धको अभियानमा सांसद नमुनाले महत्वपूर्ण भूमिका खेलेकी थिइन्। 

दैनिक जसो उनी सहरदेखि गाउँसम्म कोरोना संक्रमितको उद्धार तथा सहयोग अभियानमा सक्रिय हुँदै आएकी थिइन्।

शनिबार सामाजिक सञ्जालमा लेख्दै नमुनाले विश्व माहामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट अछुतो नभएको बताइन्। 

कोरोना रिर्पोट पोजिटिभ आएको भन्दै उनले एक हप्ता यता आफ्नो सम्पर्कमा आएकाहरूलाई सेल्फ आइसोलेट गर्न र पिसिआर परीक्षण गर्न भनेकी छन्। सांसद नमुनाले बाँकेमा कोरोना संक्रमण हुनुपूर्व नै राहत कार्यक्रम सुरु गरेकी थिइन्।

उक्त कार्यक्रमबाट धेरै नागरिकले राहत महसुस गरेका थिए। क्वारेन्टाइन, आइसोलेशन निर्माणदेखि ल्याव निर्माण जस्ता काम सम्पन्न गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। 

उनको निर्वाचन क्षेत्रसमेत रहेको नरैनापुरमा कोरोनाको हटस्पट बन्दा त्यसलाई न्यूनिकरण गर्नदेखि बिद्युतीकरणमा समेत उनको महत्वपूर्ण भूमिका थियो।


Leave a Reply

Your email address will not be published.