उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण

उपत्यकामा थप ९२ जनामा कोरोना संक्रमण

आइतबार काठमाडौं उपत्यकामा ९२ जना कोरोना संक्रमित थपिएका छन्। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा मात्र ९० र ललितपुरमा २ जना संक्रमण देखिएको बताए।

आजको सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ११३६ पुगेको छ। काठमाडौंमा ९१२, ललितपुरमा १३९ र भक्तपुरमा ८५ संक्रमित पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आइतबार देशभर ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए। आज थपिएका सहित नेपालमा कुल संक्रमित २२ हजार ९ सय ७२ पुगेको छ।

हालसम्म कोरोनाबाट ७५ जनाको मृत्यु भएको छ।


Leave a Reply

Your email address will not be published.