पिएसओमा कोरोना देखिएपछि विष्णु पौडेल क्वारेन्टाइनमा 

पिएसओमा कोरोना देखिएपछि विष्णु पौडेल क्वारेन्टाइनमा 

सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेका अंगरक्षकमा कोरोना पुष्टि भएको छ। पीएसओलाई कोरोना संक्रमण देखिएपछि महासचिव पौडेल आइतबारदेखि सेल्फ क्वारेन्टाइनमा बसेका छन्। 

शुक्रबार संकलन भएको स्वाबको रिपोर्ट आइतबार आएको थियो। रिपोर्टमा पीएसओमा कोरोना पुष्टि भएपछि पौडेल सुरक्षाका लागि क्वारेन्टाइनमा बसेको बताइएको छ। 

शुक्रबार नै महासचिव पौडेलेको पनि स्वाब संकलन गरिएको थियो। शनिबार आएको रिपोर्टमा पौडेलको भने नेगेटिभ आएको थियो। स्रोतका अनुसार पीएसओलाई कोरोना संक्रमण पुष्टि भएपछि महासचिव आफ्नै निवासमा क्वारेन्टाइनमा बसेका हुन्। 

कोरोना पुष्टि भएका पीएसओलाई भने प्रहरी अस्पताल भर्ना गरिएको छ। अहिले उनलाई कोरोनाका कुनै पनि लक्षण भने देखिएका छैनन्। 

महासचिव पौडेलले आइतबारदेखि सम्पूर्ण भेटघाट बन्द गरेका छन्। शनिबार नेकपा अध्यक्ष प्रचण्डसँग भेट गरेका थिए भने, प्रचण्ड पनि सुरक्षाकर्मीमा कोरोना देखिएपछि सेल्फ क्वारेन्टाइनमा बसेका छन्।


Leave a Reply

Your email address will not be published.