जुम्लामा निषेधाज्ञा जारी

जुम्लामा निषेधाज्ञा जारी

जुम्लामा निषेधाज्ञा जारी गरिएको छ। जिल्लामा पुनः कोरोना भाइरसका संक्रमित भेटिएपछि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको हो।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि आइतबार दिउँसो ३ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि संक्रमण रोग ऐन २०२० को दफा २ को उपदफा (२) तथा स्थानीय प्रशासन ऐन, २०२० को दफा ६ को उपदफा (३) बमोजिम निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए।

जिल्लाको चन्दननाथ नगरपालिका क्षेत्र र तिला गाउँपालिका–५ लाई अर्को सूचना जारी नहुन्जेल अनिश्तिकालिन सिल गरिएको उनले जानकारी दिए।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार गरिएको पिसिआर परीक्षणमा चन्दननाथ नगरपालिका– १ का एक जना पुरुष, वडा नम्बर ३ का एक जना महिला र वडा नम्बर ६ का एकजना पुरुषमा कोरोना संक्रमण देखिएको थियो। थप संक्रमण फैलिन नदिनका लागि नगरपालिका सिल गरिएको उनले बताए।

चन्दननाथ नगरपालिकाको पूर्वमा दासाँघु, पश्चिममा उमगाड्, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिला नदी क्षेत्रको चार किल्ला क्षेत्रमा अर्को सूचना नहुन्जेल सिल गरिएको छ।

त्यस्तै तिला गाउँपालिका–५ ढिमकोट गाउँको पूर्वमा चुलाकोट, पश्चिममा जुगामुल, उत्तरमा डुङग्री र दक्षिणमा खोली गाउँको चार किल्ला क्षेत्रमा औषधि पसल र स्वास्थ्य सेवा बाहेकका सबै क्रियाकलपाहरू पूर्णरुपमा बन्द गरिएको छ।


Leave a Reply

Your email address will not be published.