आदिवासी दिवसको अवसरमा रक्तदान

आदिवासी दिवसको अवसरमा रक्तदान

२६औं विश्व आदिवासी दिवसको अवसरमा वीरेन्द्रनगरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।

आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतद्वारा आयोजित रक्तदान कार्यक्रममा २० जना रक्तदाताले रक्तदान गरेका थिए।

नेपाल आदिवासी जनजाति महासंघ सुर्खेतका कार्यवाहक अध्यक्ष जीवनकुमार शाक्यले कोरोना महामारीलाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरेर रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए।

कोरोना महामारीका समयमा सुर्खेतमा हुनसक्ने रगत अभावको समस्यालाई निराकरण गर्न कार्यक्रमको आयोजना गरिएको उनले बताए।


Leave a Reply

Your email address will not be published.