शहिदको सम्झनामा वृक्षारोपण

शहिदको सम्झनामा वृक्षारोपण

वीरेन्द्रनगर–११ म रहेको देउती बज्यै सामुदायिक वनमा वृक्षारोपणमा गरिएको छ। शहिद याम बिसी स्मृति प्रतिष्ठानको आयोजनामा शहिद याम बहादुर बिसीका बुबा शेरबहादुर बुढा र आमा बाली बुढाले शहिदका सम्झनामा वर–पिपल रोपेका छन्।

वृक्षारोपण गर्दै शहिद याम बिसीका वुवा शेरबहादुरले आ‍फ्नो छोरासहित तीनजनाले प्रदेश स्थापनाका लागि ज्यान दिए पनि सरोकारवालाहरूले सम्मान गर्न नसकेको गुनासो गरे।

२०७२ सालमा देशमा संघीयताको सिमाङ्‌कन भएसँगै साविकको मध्यपश्चिमलाई सुदूरपश्चिममा गाभ्ने गरि भएको निर्णयको विरुद्धमा सुर्खेतमा स्वस्फूर्त रुपमा आन्दोलन भएको थियो। उक्त आन्दोलन चर्किदै जाने क्रममा आजकै दिन (साउन २५ गते) सुर्खेतमा यामबहादुर बिसी, टीकाराम गौतम र गोपाल सिं रजवारको ज्यान गएको थियो। यसैगरि जुम्लामा भएको आन्दोलनमा हरिबहादुर कुँवरको ज्यान गएको थियो। 

नेपाल सरकारले उनीहरूलाई शहिद घोषणा गरेको छ। आन्दोलन पश्चात सरकार ६ नम्बर प्रदेशको घोषणा गर्न बाध्य भएको थियो।


Leave a Reply

Your email address will not be published.