६ महिन‌े शिशुसहित कर्णालीमा थपिए ९ संक्रमित

६ महिन‌े शिशुसहित कर्णालीमा थपिए ९ संक्रमित

कर्णाली प्रदेशका थप नौ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश अस्पताल, पशुपन्छी राोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घन्टामा गरिएको परीक्षणमा थप नौं जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेहरूमा सुर्खेतका दुईजना, दैलेखका एक, जुम्लाका चार र कालिकोटका दुई जना रहेका छन्। योसँगै कर्णालीमा कोरोना भाइरस संक्रमण पुष्टि हुनेहरूको संख्या एक हजार नौ सय ७९ जना पुगेको छ।

संक्रमण पुष्टि हुनेहरू मध्ये ६ महिनाका शिशुसमेत रहेको सामाजिक विकास मन्त्रालयकी जनस्वास्थ्य अधिकृत करुणा भट्टराईले जानकारी दिइन्। 
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणमा उक्त शिशुमा संक्रमण पुष्टि भएको हो। उनी कालिकोटको पातलाझरणा गाउँपालिका–४ निवासी हुन्।

यसका साथै कर्णालीमा आइतबार १२ जना संक्रमणबाट निको भएका छन्। योसँगै कर्णालीमा कोरोना भाइरस संक्रमणबाट निको हुनेहरूको संख्या एक हजार आठ सय ८० जना रहेको छ।

प्रदेशमा कोरोना संक्रमण पुष्टि भएका मध्य ६ जनाको मृत्यु भइसकेको छ भने हाल प्रदेशका विभिन्न आईशोलेसनहरूमा ९३ जना सक्रिय विरामी रहेका छन्।


Leave a Reply

Your email address will not be published.