भारतीय विदेशमन्त्रीलाई नेपालको जवाफ: गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्

भारतीय विदेशमन्त्रीलाई नेपालको जवाफ: गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्

नेपालले भगवान गौतम बुद्धबारे भारतीय विदेशमन्त्री एस जशंकरको टिप्पणीको खण्डन गरेको छ।

परराष्ट्र मन्त्रालयले आइतबार प्रेस नोट जारी गरी गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको भनेर ऐतिहासिक र पुरातात्विक प्रमाणले प्रमाणित गरेको बताएको हो।

‘एक स्थापित र निर्विवाद तथ्य हो कि गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको थियो। लुम्बिनी, बुद्धको जन्मस्थल र बौद्ध धर्मको आस्थाकाे केन्द्र हाे। युनेस्को विश्व सम्पदा स्थलमध्ये एक हो,’ परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस नोटमा भनिएको छ।

भारतीय विदेशमन्त्रीले दिएको बयानमा नेपाल सरकारको टिप्पणीबारे मिडियाले सोधेको प्रश्नमा परराष्ट्र मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन् २०१४ को नेपाल भ्रमण स्मरण गराएको छ। 

सो क्रममा मोदीले नेपालको संसदमा भनेका थिए, ‘नेपाल यस्तो मुलुक हो जहाँ विश्वमा शान्तिका प्रेषित बुद्धको जन्म भएको थियो।’

भारतीय विदेशमन्त्री जयशंकरले ‘कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रि’ द्वारा शनिबार आयोजित इण्डिया एट ७५ भर्चुअल सम्मेलनमा भनेका थिए, ‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुई जनालाई हो। पहिलो गौतम बुद्ध र दोस्रो महात्मा गान्धी।’


Leave a Reply

Your email address will not be published.