धनुषाका ३९ जनासहित प्रदेश २ मा ११० जनामा कोरोना पुष्टि
धनुषाका ३९ जनासहित प्रदेश २ मा ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेश २ का विभिन्न जिल्ला गरी ११० जनामा संक्रमण पुष्टि भएको हो। ११० जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ५ हजार ७४१ पुगेको छ।
धनुषामा संक्रमण पुष्टि भएका ३९ जनामध्ये २० जना जनकपुरधाम उपमहानगरपालिकाका रहेका छन्। आइतबार प्रादेशिक अस्पतालका एक चिकित्सकसहित ६ जनामा संक्रमण पुष्टि भएको बताइएको छ।
मुख्यमन्त्री कार्यालयका ४ र विश्व स्वास्थ्य संगठनमा कार्यरत एक कर्मचारीमा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। यसैगरी जनकपुरधाम उपमहानगरपालिकाका २ महिला र ७ पुरुषसहित ९ जनामा समेत संक्रमण पुष्टि भएको छ।
धनुषाकै धनौजी गाउँपालिकाकी एक महिला र ११ पुरुषसहित १२ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
लक्ष्मिीनिया गाउँपालिकाको बनिनियाँका २, धनुषाधाम नगरपालिकाका १ र ठाउँ नखुलेको ४ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ।
यसैगरी महोत्तरीको जलेश्वर नगरपालिका, मटिहानी नगरपालिका, बर्दिवास नगरपालिका, सीतापुर भंगहा, कजरा रमौल र ठाउँ नखुलेका १/१ तथा औरही नगरपालिकाका १० गरी २१ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
सप्तरीको बोदेबरसाइन नगरपालिकाका १, खड्क नगरपालिकाका ४ र राजविराज नगरपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ।
यसैगरी रौतहटको बौधीमाई नगरपालिका, कटहरिया नगरपालिका, गुजरा नगरपालिका र ठाउँ नखुलेको १/१ जनामा संक्रमण पुष्टि भएको छ।
बाराको जितपुर सिमरा उपमहानगरपालिकाका १, पचरौता नगरपालिकाका ८ र ठाउँ नखुलेको १४ जनामा संक्रमण पुष्टि भएको छ।
सिरहाको चोहर्वा, लहान नगरपालिका र ठाउँ नखुलेको १/१ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।
पर्साको वीरगंज महानगरपालिकाका २ र ठाउँ नखुलेको ३ जना तथा सर्लाहीको बसन्तपुर, सोहनपुर र ठाउँ नखुलेको १/१ जनामा संक्रमण पुष्टि भएको छ।