त्रिवि इन्जिनियरिङतर्फका परीक्षा स्थगित
त्रिभुवन विश्वविद्यालय, इन्जिनियरिङ अध्ययन संस्थान, डिनको कार्यालयले परीक्षा स्थगनको घोषणा गरेको छ।
सरकारले लकडाउन अन्त्य गरेसँगै इन्जिनियरिङ तर्फ स्नातक र स्नाकोत्तर तहका परीक्षा भदौ तेस्रो र अन्तिम साताबाट सञ्चालन गर्ने निर्णय भएको थियो।
तर, कोरोनाका संक्रमित बढ्नुका साथै स्थानीय स्तरमा लकडाउन लागू हुन थालेपछि डिनको कार्यालयले आइतबार सूचना जारी गरेर ‘परीक्षा सञ्चालन गर्न सम्भव नदेखिएकाले ती परीक्षा हाललाई स्थगित गरिएको’ बताएको हो।
त्यसैगरी, इन्जिनियरिङ संकायका लागि भदौ १ गतेदेखि अनलाइन कक्षा सञ्चालन हुने डिन प्राडा सशीधरराम जोशीद्वारा जारी सूचनामा उल्लेख छ।