महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्तामा राठौर
महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्तामा प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठौर तोकिएका छन्। आइतबार परिसरले राठौरलाई प्रवक्ता तोकेको हो।
जनसम्पर्क तथा जनगुनासोलाई सम्बोधन गर्न राठौरलाई प्रवक्ता तोकिएको परिसर प्रमुख एसएसपी श्याम ज्ञावालीले बताए।
यसअघि महानगरीय प्रहरी परीसर प्रवक्तामा डिएसपी राजकुमार केसी थिए।