भारतले भन्याे- बुद्ध नेपालमै जन्मिएका हुन्

भारतले भन्याे- बुद्ध नेपालमै जन्मिएका हुन्

भारतीय विदेश मन्त्रालयले गौतमबुद्ध नेपालमा जन्मिएकोमा कुनै सन्देह नभएको स्पष्ट पारेको छ।

शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरले गौतमबुद्ध ‘महान भारतीय’ भनेपछि नेपालमा चर्को विरोध भएको थियो।

विदेशमन्त्री जयशंकरको उक्त भनाइपछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले आइतबार राति गौतम बुद्ध लुम्बिनीमा जन्मिएका र लुम्बिनी नेपालमा पर्ने स्पष्ट पारेका हुन्।

जयशंकरले एक कार्यक्रममा भारतका दुई महान मानवको नाम लिनुपर्दा एक गौतम बुद्ध र अर्का महात्मा गान्धी भएको जिकिर गरेका थिए।

जयशंकरको अभिव्यक्तिपछि नेपालमा चर्को विरोध हुनुका साथै परराष्ट्र मन्त्रालयले गौतम बुद्ध नेपालमा जन्मिएको बारे कुनै सन्देह नभएको स्पष्ट पारेको थियो। त्यस्तै प्रमुख प्रतिपक्षी नेपाल कांग्रेसले पनि यो घटनाको विरोध गरेको थियो। सत्तारुढ दल नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि यसको विरोध गरेका थिए।

 

 


Leave a Reply

Your email address will not be published.