झापाका अग्रज पत्रकार अमृतलालको निधन

झापाका अग्रज पत्रकार अमृतलालको निधन

झापाका पुराना  पत्रकार अमृतलाल श्रेष्ठको आइतबार साँझ निधन भएको छ।

उनी लामो सयमदेखि मिर्गैंलाको समस्याबाट पीडित थिए। उनका दुबै मिर्गौंला खराब भएपछि लामो समयदेखि पचार गराउँदै आएका  थिए।          

पत्रकार श्रेष्ठको निजी निवास  मेचीनगर- १० धुलावारीमा निधन भएको हो।  एक साताअघि गम्भीर विरामी भएपछि श्रेष्ठलाई उपचारका लागि बिर्तामोडको बिर्तासिटी हस्पिटलमा भर्ना गरिएको थियो। हस्पिटलबाट आज घर पुर्‍याएको केही घण्टामा नै उनको निधन भएको हो।     

रासस भद्रपुरको कार्यालय प्रमुख समेत भएर तीन दशक बढी पत्रकारिता गरेका पतश्रेष्ठ राससबाट अवकाश पाएपछि घरमै  थिए। उनका आधा दर्जन साहित्यिक रचना प्रकाशित छन्। उनका पत्नी, दुई छोरा र एक छोरी छन्।


Leave a Reply

Your email address will not be published.