प्रदेश १ले तीन सय वेडको आइसोलेसन सेन्टर बनाउने

प्रदेश १ले तीन सय वेडको आइसोलेसन सेन्टर बनाउने

पदेश १ सरकारले तीन सय वेडको आइसोलेन सेन्टर थप्ने निर्णय गरेको छ। मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आज बसेको सिसिएमसी (क्राइसिसि मेनेजमेन्ट सेन्टर) को बैठकले संक्रमितको संख्या दिनहुँ बढिरहेको भन्दै लक्षणबीनाका संक्रमित राख्ने गरि थप आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको हो।

मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रब सुवेदीका अनुसार स्थानीय सरकारसँगको साझेदारीमा  विराटनगर महानगरपालिकाको मारवाडी सेवा समाज विराटनगरमा ५० वेड, रंगेली नगरपालिका ७ स्थित जनता क्याम्पसमा १ सय वेड, सुनसरीको हरिनगरा गाउँपालिका १ को जेनेरल अस्पतालमा ५० वेड र बराहक्षेत्र नगरपालिकाको चतरामा रहेको कृष्णदास आश्रममा १ सय वेड क्षमताको कोभिड १९ आइसोलेसन सेन्टर बनाइने छ। 

त्यस्तै झापा, मोरङ र सुनसरीमा ३ ठाउँमा एकएक निजि होटल र निजि अस्पताललाई आइसोलेसन सेन्टन बनाउने निर्णय समेत भएको छ। 

त्यस्तै मन्त्रिपरिषदको आजको बैठकले आन्तरिक मामिला एवं कानुन मन्त्रालयले तयार गरेको लकडाउन खुलेपश्चात कोभिड १९ रोकथाम, प्रतिकार्य र नियन्त्रण सम्बन्धि कार्या योजना २०७७ लाई स्वीकृत समेत गरेको छ।

प्रदेश प्रमुखद्वारा ५ विधेयक प्रमाणित

प्रदेश १ का प्रमुख सोमनाथ अधिकारीले आइतबार ५  विधेयक प्रमाणीकरण गरेका छन्। उनले प्रदेश सार्वजनिक सडकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सभाबाट पारित प्रदेश स्तरमा फर्म दर्ता, नवीकरण तथा अन्य व्यवस्था गर्नका लागि बनेको विधेयक र प्रमाणीकरण गरेका हुन्।

यस्तै प्रदेश औद्योगिक व्यवसायका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश नम्बर १ बालबालिकाको अधिकार संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश नम्बर १ जनस्वास्थ्य सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरिएको प्रदेश प्रमुख कार्यालयकी सूचना अधिकारी रीता खतिवडाले जानकारी दिइन्।


Leave a Reply

Your email address will not be published.