प्रदेश १ थप एक मृत्यु, ४० कोरोना संक्रमित थपिए

प्रदेश १ थप एक मृत्यु, ४० कोरोना संक्रमित थपिए

प्रदेश १ मा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। योसँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। 

आज विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विराटनगर १०  का ६३ वर्षीय पुरुषको ज्यान गएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डाक्टर सुरेश मेहेताले जानकारी दिएका छन्। 

गत बिहिबार स्वास्थ्य समस्या देखिएपछि आफन्तले विराटनगरको कोशी अस्पताल लगेका थिए। तर, उनलाई थप समस्या देखिएपनि कोशी अस्पतालले धरानको विपी प्रतिष्ठान रेफर गरिदिएको थियो। उनको उपचारकै क्रममा शुक्रबार मृत्यु भएको थियो। तर, मृत्युपछि मात्रै उनमा कोरोना पुष्टि भएको हो।

यसअघि विराटनगरकै ३, रंगेलीका १ र सुनवर्षीका १ पुरुषको कोरोना संक्रमणकै कारण मृत्यृ भएका थियो। 

४० संक्रमित थपिए 

प्रदेश १ मा थप ४० संक्रमित थपिएसँगै कंल संक्रमितको संख्या १ हजार ४ सय १३ पुगेको छ। जसमध्ये ९ सय १३ जना कोरोनामुक्त भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ। 

आज थपिनेमध्ये २९ मोरङ, ६ सुनसरी र ५ झापाका स‍ंक्रमित छन्।


Leave a Reply

Your email address will not be published.