मकवानपुरमा निषेधाज्ञा
कोरोना संक्रमण बढेसँगै मकवानपुरमा सोमबार राती १२ बजेबाट निशेधाज्ञा जारी गर्ने भएको छ। हेटौंडा उपमहानगपालिका क्षेत्रमा कोरोना संक्रमण बढ्दै गएपछि आकस्मिक बैठकले बजार क्षेत्र केन्द्रीत निशेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।
बैठकले हेटौंडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको मनहरी बजार क्षेत्र केन्द्रित गरेर निशेधाज्ञा जारी गर्ने निणय गरेको छ। उपमहानगरको १४ वटा वडामा संक्रमण देखिएपछि उच्च सतकर्ता अपनाउन सर्वसाधारणलाई प्रशासनको आग्रह गरेको छ।