अझै तीन दिनसम्म भारी वर्षा हुने 

अझै तीन दिनसम्म भारी वर्षा हुने 

अहिले देशका धेरै ठाउँमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले आज पनि देशका धेरै ठाउँमा भारी वर्षाको आकंलन गरेको छ। 

विभागले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भन्दै  उक्त स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने बताएको छ। 

आगामी तीनको मौसम

सोमबार

दिउँसो : प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति :  बागमती प्रदेश, प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने। 

मंगलबार

दिउँसो :  देशभर मध्यम वर्षा हुने। गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने। 

राति : बागमती प्रदेश,गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने। 

बुधबार

दिउँसो :  प्रदेश नं ५, कर्णाली प्रदेश, गण्डकी प्रदेश, र सुदूर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाहुनसक्ने।

राति :  देशभर सामान्य वदली हुने र केही स्थानमा मध्यम खालको वर्षा हुने। 


Leave a Reply

Your email address will not be published.