साउदीको ‘सान’, विश्वकै ठूलो तेल कम्पनी ७३ प्रतिशत घाटामा 

साउदीको ‘सान’, विश्वकै ठूलो तेल कम्पनी ७३ प्रतिशत घाटामा 

साउदी अरबको ‘सान’ मानिने अरमाको तेल कम्पनी कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण थलिएको छ। 

विश्वकै ठूलोमध्यको एक तेल कम्पनीको हो, अरमाको। सरकारी स्वामित्वमा रहेको यो कम्पनीलाई साउदीले आफ्नो देशको राष्ट्रिय गौरबकै रुपमा लिने गर्दछ। 

कोरोना भाइरसका संक्रमणका कारण अहिले आधाविश्व लगभग बन्द अवस्थामा छ। हवाई सेवा विश्वभर नै ठप्प छ। सडक यातायातमा पनि कमी छ। 

यही भाइरसका संक्रमणका कारण यो कम्पनीको तेल बिक्रीमा ७३ प्रतिशतल कमी आएको छ। 

यो वर्ष तेल कम्पनी अरमाकोले ७५ अर्ब डलर लाभांस तिर्नै बाँकी छ। 

विश्व बजारमा तेलको माग अत्यन्त न्यून भएका कारण कम्पनीले लाभांश भुक्तानी गर्न नसक्ने अवस्था रहेको अड्कलबाजी गरिएको छ।

यसरी कम्पनी घाटामा गइरहेका बेला कम्पनीका प्रमुख कार्यकारी निर्देशक आमिन नासिरले भने तेलको बजारमा क्रमशः सुधार भइरहेको बताएका छन्।

अरमाको मात्रै होइन कोरोना भाइरसको महामारीले यातायातमा लगाइएको प्रतिबन्धका कारण विश्वका अन्य धेरै तेल कम्पनीहरुले धेरै समस्याहरुको सामना गरिरहेका छन्। 

महामारीका कारण तेलको व्यापार दुई दशककै तल्लो स्थानमा पुगेको छ।

अघिल्लो वर्ष अरमाकोले २९.४ डलर सेयर बिक्रि गरेको थियो। 

कम्पनीका सिइओ नासिरले लकडाउनमा दिइएको छुटले विस्तारै तेल विक्रिमा सुधार आउने बताए।

‘चिनमा तेलको माग पहिलेकै अवस्थामा पुगिसकेको छ भने एसिया सुधारोन्मुख अवस्थामा छ, लकडाउनमा छुट दिएसँगै बजारमा माग बढ्नेछ, हामी ७५ अर्ब डलर लाभांशका भुक्तानीका लागि प्रतिबद्ध छौं’ नासिले भनेका छन्।

उनले यो निर्णय कम्पनीको बोर्ड र बजारको स्थितिमा निर्भर रहने पनि जानकारी दिएका छन्।

साउदी अरबमा हुने राजश्व घाटा पूर्तिका लागि अरमाको लाभांसको महत्वपूर्ण भुमिका रहन्छ।

पछिल्ला महिनामा कम्पनीको कमाइमा ६.५७ प्रतिशतले गिरावट आएको छ।

साउदी अरबको तेल कम्पनी अरमाकोलाई उछिन्दै एप्पल कम्पनी विश्कै सबैभन्दा ठूलो कम्पनी बनेको छ।


Leave a Reply

Your email address will not be published.