कोरोनाकाे नाममा मनपरी खर्च- सिरहा नगरपालिकामा अख्तियारको छापा 

कोरोनाकाे नाममा मनपरी खर्च- सिरहा नगरपालिकामा अख्तियारको छापा 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा नगरपालिकामा छापा मारेके छ। 

कोरोना महामारी रोकथाम र नियन्त्रणको नाममा भ्रष्टाचार भएको भन्दै सञ्चार माध्यमहरुमा समाचार आएपछि नगरपालिका कार्यालयमा अख्तियारले आइतबार छापा हानेको हो। 

आयोगको बर्दिबास कार्यालयबाट पुगेको टोलीले छापा मारेर कोरोना रोकथाम तथा नियन्त्रणका लागि खरिद गरिएका सामग्रीसम्बन्धी कागजातको प्रतिलिपि छानबिनको लागि नियन्त्रणमा लिएको बताइएको छ। 

नगरपालिकाले कोरोना रोकथाम र नियन्त्रण गर्ने नाउँमा व्यापक भ्रष्टाचार गरेको गुनासो आएपछि आयोगको टोलीले छानविन प्रक्रिया अघि बढाउन सम्बन्धित फाइलहरु नियन्त्रणमा लिएको अख्तियार बर्दिबासका प्रमुख मणिराम ज्ञवालीले जानकारी दिए। 

सिरहा नगरपालिकाले जिल्लास्तरीय कोभिड नियन्त्रण समितिलाई ५ करोड ९० लाख ८६ हजार रुपैयाँ खर्च गरेको विवरण सार्वजनिक गरेको जसमा १ सय ११ वटा तकिया खोल २८ सय ७६ प्रतिगोटा, तन्ना ८ हजार ७६ र मास्क २२ रुपैया दरसहित विभिन्न सामाग्री बजार दरभाउ भन्दा बढी महंगोमा खरीद गरिएको देखाइएको छ। 

जिल्ला प्रशासन कार्यालयलाई समेत बुझाइएको उक्त विवरणमा अधिकांश सामाग्री बजारको खुद्रा दरभन्दा कयौं गुणा बढी दरमा खरीद गरिएको सूची बाहिरिएछि संचारकर्मी र सम्बन्धित निकायको चासो बढेको थियो।

र, याे पनि

 

कोरोनाको नाममा व्रह्मलुट, एउटा तकियाको खोललाई २ हजार ८ सय! 


Leave a Reply

Your email address will not be published.