राम-सीताको ‘आदर्श जोडी’ बाट हरेक दम्पतीले सिक्नुपर्ने तीन कुरा

राम-सीताको ‘आदर्श जोडी’ बाट हरेक दम्पतीले सिक्नुपर्ने तीन कुरा

बैवाहिक जीवनमा गाँसिएका धेरै जोडीले भगवान राम-सीतालाई आदर्श मान्छन्।

रामलाई वचन र सीतालाई प्रतीज्ञाको प्रतिमूर्ति मानिन्छ।

राम-सीताको जीवनमा थुप्रै उतारचढाव र तनाव आए।

तर, उनीहरू कहिल्यै विचलित भएनन्।

आ-आफ्नो धर्म कर्म र वचनप्रति कटिबद्ध रहे।

राम-सीताको वैवाहिक जीवनबाट विवाहित जोडीले थुप्रै कुरा अनुशरण गर्न सक्छन्। 

जसले वैवाहिक जीवनलाई सुखी बनाउनुका साथै सफल र तनावरहित जीवन बाँच्न मद्दत गर्छ।

राम-सीताबाट विवाहित जोडीले सिक्नुपर्ने तीन कुरा यस्ता छन् : 

त्याग : रामले पारिवारिक सुखका लागि राजपाठ त्यागेर वनबास रोजेका थिए। सीताालाई वनबासका लागि आदेश

नभए पनि उनी रामसँगै वनबास गइन्।

पत्नी धर्म निभाउँदै उनी १४ वर्षको वनबासमा रामसँगै रहिन्। उनले सुख, सयल र महलभन्दा श्रीमानको साथ रोजिन्। 

बिहे मागेर होस् वा प्रेम। सुखी र सुन्दर जीवनका लागि श्रीमान-श्रीमती दुवैले केही न केही त्याग गर्नैपर्छ।

राम-सीताको जस्तो त्याग गर्न नसके पनि एकअर्काको इच्छा बुझेर अघि बढ्नुपर्छ। 

कुनै बेला श्रीमतीले बुझ्नुपर्छ भने कुनै बेला श्रीमानले। एकअर्काको भावनाको कदर गर्न सक्यो भने वैवाहिक जीवन सुन्दर र सुखी हुन्छ।

आफ्नो खुसी दबाएर अरूको खुसी रोज्नु र सम्झौता गर्दा नै सम्बन्धलाई दिगो, दरिलो र मजबुुत बनाउँछ।

निस्वार्थ प्रेम : विवाह बन्धनमा बाँधिएका जोडी तथा सम्बन्धमा रहेकाले बिनासर्त प्रेम गर्नुपर्छ। 

जहाँ सर्त हुन्छ त्यहाँ प्रेम हुँदैन, केवल आकर्षण हुन्छ।

आकर्षणले सुरु गरिएको सम्बन्ध लामो समय टिक्न सक्दैन। 

प्रेम सधैं निस्वार्थ, निश्चल र पवित्र हुनुपर्छ।

यस्तै निस्वार्थ थियो राम-सीताको प्रेम।

वैवाहिक जीवनमा उनका कुनै स्वार्थ थिएन। केवल भावना थियो, अथाह प्रेम थियो।

अहिलेका जोडीमा स्वार्थ लुकेको हुन्छ।

समाज, परिवेश, संस्कृति, रहनसहन, आर्थिक अवस्था र पारिवारिक कारणले गर्दा विभिन्न समस्या आउँछन्। जसको कारण सम्बन्धमा दरार आउनसक्छ। 

यस्तो गर्दा जोडीबीच अविश्वास पैदा हुन्छ र खटपट सुरु हुनसक्छ। जसको कारण घरबार नै तहसनहस हुने अवस्था आउनसक्छ।

खुसी र सुन्दर जीवनका लागि निस्वार्थ र सर्तरहित प्रेम गरेर एकअर्कामा समर्पित हुन सिक्नुपर्छ।

इमानदारिता र प्रतीज्ञा : सम्बन्धमा इमानदारिता, विश्वास र प्रतीज्ञा महत्वपूर्ण हुन्छन्। 

वैवाहिक जीवनमा जतिसुकै कठिन परिस्थिति किन नआओस् दुवैले एकआर्काप्रति इमानदार, जवाफदेही र प्रतिबद्ध रहनुपर्छ। जसका कारण सम्बन्ध थप मजदुत बन्छ।

आफ्नो प्रतीज्ञा र विश्वास गुमाउने कुनै काम गर्नुहुन्न।

इमानदारिता, विश्वास र प्रतीज्ञाले नै सम्बन्धलाई मजबुत बनाउँछ।

विश्वासले जस्तोसुकै कठिन समयको सामना गर्न हिम्मत दिन्छ।


Leave a Reply

Your email address will not be published.