फेरि घट्यो सुनको भाउ, तोलाको कति?

फेरि घट्यो सुनको भाउ, तोलाको कति?

नेपाली बजारमा लगातार नयाँ रेकर्ड कायम गर्दै आएको बहुमूल्य पहेँलो धातु सुनको भाउ पछिल्ला दुई दिनमा घटिरहेको छ। 

साताको पहिलो दिन आइतबार छापावाल सुनको भाउ तोलामा ९ सय रुपैयाँले घटेकामा सोमबार थप २ सय घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ४ सय रुपैयाँ कायम भएको छ।

आइतबार सुन तोलाकाे १ लाख २ हजार ६ सय रुपैयाँमा किनबेच भएको थियो। गत शुक्रबार हालसम्मकै उच्च विन्द‌ुमा पुगेर तोलाको १ लाख ३ हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो। महासंघका अनुसार तेजाबी सुन पनि तोलामा २ सय रुपैयाँले घटेको छ। 

तेजाबी सुन सोमबार तोलाको १ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ। आइतबार १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार १ लाख ३ हजार रुपैयाँमा किनबेच भएको थियो। चाँदीको भाउ पनि घटेको छ। 

महासंघका अनुसार सोमबार चाँदीको भाउ तोलाको १५ रुपैयाँले घटेर १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। आइतबार तोलाको १ हजार ४ सय १० रुपैयाँमा किनबेच भएको थियो भने शुक्रबार १ हजार ४ सय ५ रुपैयाँ थियो।
 


Leave a Reply

Your email address will not be published.